‘सिमसिमे पानी’मा निशुको मोडलिङ

‘सिमसिमे पानी’मा निशुको मोडलिङ


मनसुन मौसमलाई उत्सव मनाउँदै मोडल निशु श्रीपालीद्वारा अभिनित ‘सिमसिमे पानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । कोहलपुर घर भएकी श्रीपालीको यो पहिलो म्युजिक भिडियो हो ।

नृत्य र मोडलिङ क्षेत्रमा करिअर बनाउने उदेश्यका साथ निशुले युट्युबमार्फत म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् । म्युजिक भिडियोमा श्रीपालीसँगै रमेश नेप्किङको अभिनय छ । साथै गीतमा अर्जुन बराइली र चन्द्र सुनार स्वर रहेको छ ।

निरज रासकोटीले म्युजिक भिडियोको सङ्गीत संयोजन र एरेन्ज गरेका छन् भने रासकोटीले नै निर्देशन र सम्पादन गरेका हुन् । धीरज खड्काको कोरियोग्राफी रहेको म्युजिक भिडियोमा दुई प्रेमीको वर्षात्मा हुने रोमाञ्चक भाव कथा शैलीमा प्रस्तुत गरिएको छ ।

२३ वर्षीया मोडल श्रीपालीले पहिलो म्युजिक भिडियोको प्रभाव बढेपछि तीज गीतमा समेत भिडियो बनाउने अवसर आएको र शान्तीश्री परियारको तीजलक्षित गीतमा म्युजिक भिडियो बनाउन लागेको बताइन् । तीजका लागि थुपै्र अन्य म्युजिक भिडियोमा अभिनय गर्ने अवसर आएबाट अभिनय रुचि बढाउन हौसला मिलेको उनको भनाइ छ ।