बाइडेनले जेलेन्स्कीलाई पुटिनको रुपमा परिचय गराएपछि…

बाइडेनले जेलेन्स्कीलाई पुटिनको रुपमा परिचय गराएपछि…


अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार (११ जुलाई) नाटो शिखर सम्मेलनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई गल्तीले रूसी नेता भ्लादिमिर पुटिनको रूपमा परिचय गराएका छन् ।

तथापि, आफ्नो बोली चुक्नेवित्तिकै ८१ वर्षीय राष्ट्रपतिले तुरुन्तै आफूलाई सच्याएका थिए । राष्ट्रपति जेलेन्स्कीले यसको प्रतिक्रियामा आफू पुटिनजस्तो नभइ एक ‘असल’ युक्रेनी नेता भएको जिकिर गरे ।

दुई साताअघि डोनाल्ड ट्रम्पविरुद्धको कमजोर बहस प्रदर्शनपछि बाइडेनको उमेर र मानसिक तीक्ष्णताको बारेमा चिन्ता बढेको छ ।

‘अब म यसलाई दृढ सङ्कल्प भएका युक्रेनका राष्ट्रपति पुटिनलाई हस्तान्तरण गर्न चाहन्छु, बाइडेनले वासिङ्टनमा शिखर सम्मेलनमा नाटो-युक्रेन सम्झौताको घोषणामा भनेका थिए । राष्ट्रपति बाइडेन तुरुन्तै आफूलाई सच्याउँदै भने, ‘राष्ट्रपति जेलेन्स्कीले राष्ट्रपति पुटिनलाई पराजय गर्नेछन् ।… ‘

बाइडेनका रिपब्लिकन प्रतिद्वन्द्वीहरूले केही मिनेटभित्रै उनको उक्त क्लिप प्रसारण गर्न थालेका छन् ।