‘ताप्लेजुङ गोल्डकप’ भदौ ३ गतेदेखि

‘ताप्लेजुङ गोल्डकप’ भदौ ३ गतेदेखि


ताप्लेजुङ जिल्लाको ठूलो खेलकुद प्रतियोगिता ‘ताप्लेजुङ गोल्डकप’ आगामी भदौ ३ गतेदेखि हुने भएको छ ।

लाखेजात्रा सञ्चालन समितिको आयोजना हुने उक्त प्रतियोगितामा देशका ‘ए’ डिभिजन क्लबलाई आमन्त्रण गर्ने निर्णय भएको समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टोलीले रु तीन लाख ११ हजार एक सय ११ र उपविजेताले रु एक लाख ११ हजार एक सय ११ प्रदान गरिने छ ।