युक्रेनी पूर्वसांसदको गोली हानी हत्या

युक्रेनी पूर्वसांसदको गोली हानी हत्या


युक्रेनी भाषाको बचाउ गर्दै बारम्बार मुखर अभिव्यक्ति दिने एक पूर्व युक्रेनी राष्ट्रवादी सांसदको गृहनगर एलभिभमा एक बन्दुकधारीले गोली हानी हत्या गरेको छ । युक्रेनको अतिराष्ट्रवादी स्वोबोडा पार्टीकी सदस्य रहेकी ६० वर्षीया इरिना फारियनले केही समय संसदको सदस्यको रूपमा काम गरेकी थिइन् ।

रूसी भाषा बोलेर अधिकारी र सैनिकलाई चिढ्याएको कारण उनी विवादमा तानिएकी थिइन् ।

गोली लागि सख्त घाइते भएकी फारियनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको एल्भिभका नगर प्रमुख एन्ड्री साडोभीले जनाएका छन्, तर उनले फारियनको शरीरमा लागेको चोट र मृत्युबारे तादाम्यता नदेखिएको तर्क पनि गरेका छन् ।

‘युक्रेनमा अब कुनै सुरक्षित ठाउँ छैन । यस्तो निर्लज्ज, दुस्साहसी हत्या हुनुलाई नागरिकको सुरक्षाप्रतिका चासोका रूपमा हेरिएको छ । हत्यारालाई पत्ता लगाई तत्काल कडा कारबाही गरिनुपर्छ, नगरप्रमुख साडोभीले भनेका छन् ।

युक्रेनको महान्यायाधिवक्ताको कार्यालयका अनुसार स्थानीय समयअनुसार शुक्रबार साँझ करिब ७ः३० बजे एक अज्ञात बन्दुकधारीले फारियनलाई गोली हानेको अनुमान गरिएको छ । टाउकोमा गोली लागेको अवस्थामा गम्भीर अवस्थामा उनलाई अस्पताल लगिएको थियो ।

फरियन एक प्रशिक्षित भाषाविद् र युक्रेनी भाषाको सबैभन्दा मुखर रक्षकमध्ये एक मानिन्थिन् ।