‘रोधी घर’मा विकास र रञ्जिताको रोमान्स

‘रोधी घर’मा विकास र रञ्जिताको रोमान्स


‘रोधी घर’लाई नेपालीको पहिचानको रुपमा लिन सकिन्छ । विशेष गरेर गुरुङ समुदायबाट भित्रिएको यो संस्कृतिलाई बालकदेखि बृद्धसम्मले गीत मार्फत दुःख बिर्सिने चौतारीको रुपमा पनि लिइन्छ ।

विकासको गतिसँगै रोधी घर ‘दोहोरी साँझ’ रुपान्तर भएसँगै अश्लिलता पनि भित्रिएको छ । त्यसैले कतिपयले यसलाई आलोचना समेत गरिरहेका छन् ।

यस्तैमा ‘रोधी घर’ संस्कृतिमै गीतकार विकास घले गुरुङले नयाँ गीत ‘रोधी घर’ ल्याएका छन् । गीत भिडियो सहित अमेरिकाको पेन्सलभेनियमै एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । एनआरएनए पेन्सलभेनिया च्याप्टरका उपाअध्यक्ष अभिषेक थापा, युनाईटेड गुरुङ सोसाईटी अफ अमेरिकाका अध्यक्ष प्रदीप गुरुङ लगायतले कार्यक्रममा गीतको प्रसंसा गर्दै ‘रोधी घर’ले हराउदै गएको नेपाली कलासंस्कृतिको संरक्षण गरेको धारणा राखे ।

गीतका गीतकार गुरुङले आफु जहाँ रहेपनि नेपाली कलासंस्कृति बिर्सन नसक्ने भन्दै कलासंस्कृतिको जगेर्नाका लागि गीत निर्माण गरेको बताए ।

दीपक गुरुङ र सोनम गुरुङको स्वर रहेको गीतमा दीपेश लामाको संगीत संयोजन छ । भिडियोको छायांकन पवन गौतमले गरेका हुन् ।

कुन्ती गुरुङ, सरिता सुनुवार, चक्र गुरुङ, राज गुरुङ र कृष्ण गुरुङको कोरस स्वर रहेको गीतको भिडियो अमेरिकाको बिभिन्न स्थानमा छायांकन भएको हो । भिडियोमा अभिनेत्री रञ्जिता गुरुङ र बिकास घले गुरुङको अभिनय छ । स्थानिय कलाकार कार्लईस गुरुङको अलवा आमा समुह र इन्ट्र फाउन्डसनका नृत्य प्रशिक्षार्थीले पनि भिडियोमा नृत्य गरेका छन् । भिडियोको निर्देशक तथा सम्पादन पनि विकास घले गुरुङले नै गरेका हुन् । विकास फिल्म निर्देशक तथा खेलाडी पनि हुन् । गीत रेड ओशियन नामक युट्युबबाट सार्वजनिक भएको हो ।