भन्सार छलिएको १ करोड ८२ लाखको सामानसहित ट्रक नियन्त्रणमा

भन्सार छलिएको १ करोड ८२ लाखको सामानसहित ट्रक नियन्त्रणमा


पर्षा प्रहरीले १ करोड ८२ लाख ६ हजार ४ सय ३८ रुपैयाँबराबरका काजु, ज्वानो र ईलेक्ट्रोनिक्स सामानसहित ट्रकहरू पक्राउ नियन्त्रणमा लिएको छ ।

भारतबाट भन्सार नतिरी ल्याएका ती सामानसहित २ वटा ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

गत बुधबार पर्साको वीरगञ्ज २५ चण्डाल चोकबाट ना५ख २९१२ र ना३ख ७७२७ नम्बरको ट्रकमा ती सामान ल्याउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो । सामान र ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।