सडकका इन्जिनियर खतिवडाको ‘प्रेम कहानी’

सडकका इन्जिनियर खतिवडाको ‘प्रेम कहानी’


कविता, गीत तथा गजल लेखनमा सक्रिय रहेका इन्जिनियर प्रमोद खतिवडाको रचनामा ‘प्रेम कहानी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाल सरकारको निजामति सेवाअन्तर्गत सडक विभागमा कार्यरत रहेका इन्जिनियर खतिवडाले प्रेम वियोगलाई समेटेर ‘प्रेम कहानी’ बोलको आफ्नो रचनाको पाँचौं गीतको भिडियो सार्वजनिक गरेका छन् ।

चर्चित गायक तथा सफल संगीतकार सविन लिम्बूको स्वर तथा संगीत रहेको यो गीत एकोस्टिक नेपालको स्टुडियोमा रेकर्ड गरिएको हो । उक्त गीतको शब्दमा माया, प्रेमको तिर्सना, छटपटी र प्रेम वियोगलाई समेटिको छ ।

एफोरए इन्टरटेनमेन्ट युटुभ च्यानलबाट हालै भिडियो सार्वजनिक गरिएको उक्त म्यूजिक भिडियोको निर्देशन तथा सम्पादन युवाराज खत्रीले गरेका हुन् भने छायाँकन सुजन श्रेष्ठले गरेका छन् ।

यो म्यूजिक भिडियोमा कलाकार मुक्ति उप्रेती र सीया क्षेत्रीको उत्कृष्ट अभिनय रहेको छ । भिडियोलाई बजारमा ल्याउन महत्वपूर्ण भूमिका आयुब केसीको रहेको गीतकार ई. खतिवडाले उल्लेख गरे । आफ्नो अन्य गीतको तुलनामा ‘प्रेम कहानी’को म्यूजिक भिडियो उत्कृष्ट बनेको गीतकार ई खतिवडाले बताए । आफ्नो रचनाहरुमध्ये उत्कृष्ट लागेको यो गीत सर्वाधिक रुचाइने दाबीसमेत गीतकार ई. खतिवडाको छ ।

स्मरण रहोस्, उत्कृष्ट कविता, गीत तथा गजल लेखनमा क्रियाशील गीतकार ई. खतिवडा हालै भएको निजामती कर्मचारी संगठनको गजल प्रतियोगितामा दोस्रो भएका थिए ।