फ्रान्सको उच्च गतिको रेल नेटवर्कमा आगजनी

फ्रान्सको उच्च गतिको रेल नेटवर्कमा आगजनी


फ्रान्सको सरकारी रेलसेवा कम्पनी एसएनसिएफमा आगजनी भएको छ ।

पेरिस ओलम्पिकको उद्घाटन समारोह सुरु हुनुभन्दा केही घण्टाअगाडि फ्रान्सको उच्च गतिको (टिजिभी) रेल नेटवर्कलाई अवरुद्ध पार्न एथलीटहरूले आक्रमण गरेको खेलमन्त्री अमेली ओडियाकास्टेराले बताएकी छन् ।

उच्च गतिको रेल सेवा नेटवर्कलाई प्रभावित पार्न भएको आगजनीसहितको आक्रमणले यातायात प्रणाली अवरुद्ध भएको छ ।

राष्ट्रिय रेल सञ्चालक ‘एसएनसिएफ तोढफोड जन्य कार्यको सिकार भएको छ भने आक्रमणले एटलान्टिक, उत्तरी र पूर्वी लाइनहरूलाई असर गरेको छ ।

आक्रमणले रेल सुविधालाई क्षति पुऱ्याउँदा प्रभावित लाइनहरूमा ‘रेल ट्राफिक अवरुद्ध’ भएको तथा मर्मत सम्भार लगायतको अवस्थाले प्रभाव साताब्यापी रहने जनाइएको छ ।

आक्रमणपछि रेलहरू विभिन्न मार्गमा मोडिरहेको अवस्थामा ठूलो सङ्ख्यामा रद्द गर्नु परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कडा सुरक्षा ब्यवस्थाबीच ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन समारोहमा तीन लाख दर्शक तथा पाहुना उपस्थित हुने अपेक्षा गरिएको समय आकस्मिक आक्रमण गरी बदनाम गराउने प्रयास भएको छ ।

शुक्रबार साँझ हुने परेडमा सात हजार ५०० जनासम्म प्रतियोगीहरूले ८५ वटा डुङ्गामा साइन नदीको छ किलोमिटर यात्रा गर्नेछन् ।

स्रोतका अनुसार एथलेटिक्स स्टेडियम बाहिर ग्रीष्मकालीन ओलम्पिकको यो पहिलो उद्घाटन हुनेछ ।

आक्रमणपछि पेरिसको मोन्टपार्नास रेल स्टेसनमा रेल सेवा ३० मिनेटदेखि साढे दुई घण्टाको ढिला हुने घोषणा भएपछि कैयौँ यात्रुहरू अलपत्र परेका र थप जानकारीको लागि पर्खिरहेका छन् । जुलाई २९ बाट सामान्य सेवा पुनः सुरु हुने अपेक्षा गरिएको छ ।