भारतमा मनसुनी वर्षापछिको पहिरोमा परी करिव चार दर्जन मानिसको मृत्यु

भारतमा मनसुनी वर्षापछिको पहिरोमा परी करिव चार दर्जन मानिसको मृत्यु


भारतमा भारी मनसुनी वर्षाले निम्त्याएको पहिरोमा परी करिव चार दर्जन मानिसको मृत्यु हुनुका साथै सयौँभन्दा बढी पहिरोमा फसेको आशंका गरिएको छ ।

भारतको दक्षिणी तटीय राज्य केरलामा वर्षाका कारण वायनाड जिल्लास्थित घटनास्थलको प्रमुख पुल भत्किएकाले उद्धार कार्यमा बाधा पुगेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केरला राज्यकी स्वास्थ्यमन्त्री रीना जर्जलाई उद्धृत गर्दै प्रेस ट्रस्ट अफ इन्डियाले जनाएअनुसार समाचार तयार पार्दा सम्म विभिन्न अस्पतालमा २४ वटा शव प्राप्त भइसकेको र अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

भारतीय सेनाले खोज तथा उद्धार कार्यका लागि यस क्षेत्रमा २०० भन्दा बढी सैनिकहरू तैनाथ गरेको जनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा केरला सरकारलाई विपद्को अवस्थामा सम्भावित सबै सहयोग गर्ने आश्वासन दिएका छन् । घटनाप्रति दुखः व्यक्त गदै उनले मृत आत्माको चिर शान्तिको कामना तथा परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

केरलामा मङ्लबार थप वर्षाका साथै तीव्र हावाहुरीको पूर्वानुमान गरिएको राज्यको विपद् व्यवस्थापन एजेन्सीले जनाएको छ ।