पेरिस ओलम्पिकमा नेपाली पौडीवाज एलेक्जेन्डर शाहले बनाए राष्ट्रिय कीर्तिमान

पेरिस ओलम्पिकमा नेपाली पौडीवाज एलेक्जेन्डर शाहले बनाए राष्ट्रिय कीर्तिमान


नेपाली पौडी खेलाडी एलेक्जेन्डर शाहले पेरिस ओलम्पिकमा आफ्नै नामको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन् ।

मंगलबार (३० जुलाई) सम्पन्न खेलमा पुरुष १०० मिटर फ्रि-स्टायलमा प्रतिस्पर्धा गरेका शाहले ५१.९१ सेकेन्डको समय निकाल्दै आठ खेलाडी रहेको हिटमा तेस्रो भएका थिए । योसँगै उनले नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन् ।

एलेक्जेन्डरले गत फेब्रुअरीमा कतारको दोहामा भएको विश्व च्याम्पियनसिपमा ५२.१७ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए । उनी वाइल्ड कार्डमार्फत् पेरिस ओलम्पिकमा पुगेका हुन् ।