ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेको छ । गएरातिदेखिको अविरल वर्षाका कारण मनोहरा र बागमती नदीमा आएको बाढीले एमालेको कार्यालय रहेको क्षेत्र डुबानमा परेको हो ।
बाढीले पुष्पलाल स्मृति भवनको मुख्य गेट भत्काएको छ भने एमालेको पार्टी कार्यालयको सभाहल क्षेत्रसमेत डुबानमा परेको छ । मुख्यालय परिसर जलमग्न भएका छन् ।
प्रतिक्रिया