एआइजी श्यामलाल ज्ञवाली छानविनमा : एआइजीकै नेतृत्वमा छानविन समिति

एआइजी श्यामलाल ज्ञवाली छानविनमा : एआइजीकै नेतृत्वमा छानविन समिति


नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञावालीमाथि छानविन हुने भएको छ । यसका लागि प्रहरी प्रधान कार्यालयले एआइजी टेकप्रसाद राईको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

एआइजी ज्ञावाली हाल प्रहरीको केन्द्रीय अनुसन्धान केन्द्र (सिआइवी)को प्रमुख छन् । उमेर हदका कारण आगामी भदौं २६ गते उनले अवकाश पाउनेछन् ।

अघिल्लो सरकारका गृहमन्त्री रवि लामिछानेसित निकट रहेर प्रहरी महानिरीक्षकको आदेश पनि पालना नगरेको आरोप लागेका एआइजी ज्ञावालीविरुद्ध धेरै उजुरी परेको बुझिएको छ ।

६० किलो सुन प्रकरण, उमेर विवाद र नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रसमेतलाई लिएर उनीविरुद्ध उजुरीहरु परेको स्रोतको भनाइ छ ।