रूसले रणनीतिक आणविक हतियारको प्रयोगमा तेस्रो चरणको अभ्यास सुरु गरेको घोषणा गरेको छ ।
अभ्यास मध्य र दक्षिणी क्षेत्र, नर्थ ककाशस र रूसमा गाभिएको क्रिमियाका साथै दक्षिणी र पूर्वी युक्रेनका चार क्षेत्रमा भइरहेको रक्षा मन्त्रालयले जनाएको छ ।
युक्रेनमा सैन्य कारबाहीका लागि मस्कोको मुख्यालय रहेको रूसी सहर रोस्तोभ-अन-डन क्षेत्रमा पनि अभ्यास भइरहेको छ ।
गैर–रणनीतिक आणविक अभ्यासको तेस्रो चरण सुरु भएको जानकारी रूसी रक्षा मन्त्रालयले विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो ।
अभ्यासको चरणमा इस्कन्दर-एम मिसाइल प्रणाली र विभिन्न विमानहरूको प्रयोगबारे प्रशिक्षण समावेश भएको जनइएको छ ।
मन्त्रालयका अनुसार अभ्यासमा संलग्न सैन्य कर्मचारीले ‘विशेष गोला बारुद’ प्राप्त गर्न, मिसाइल प्रणाली र विमानहरू सजावट गर्ने तालिम लिनेछन् ।
क्रेमलिनका अनुसार, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा फ्रान्सेली सेना पठाउने सम्भावना व्यक्त गरेपछि, राष्ट्रपति भ्लादिमिर पुटिनले मे महिनाको सुरुमा पश्चिमी राष्ट्रहरूबाट आएको खतराको जवाफमा यी अभ्यासहरू आंशिक रूपमा सञ्चालन गर्न आदेश दिएका थिए ।
अभ्यासको पहिलो चरण मे महिनामा सुरु भएको थियो । द्वन्द्व सुरु भएदेखि पुटिनले आणविक हतियारहरूको सम्भावित प्रयोगको चेतावनीसमेत दिएका थिए ।
मे महिनामा बेलारूसको मिन्स्कले सामरिक आणविक हतियार लन्चरहरू प्रमाणित गर्न मस्कोसँगै संयुक्त सैन्य अभ्यासको घोषणा गरेको थियो ।
प्रतिक्रिया