अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले अमेरिकालाई इरानमा हमासका राजनीतिक नेता इस्माइल हानियाको हत्या भएको बारेमा ‘जानकारी नभएको र यसमा संलग्न नभएको’ बताएका छन् ।
‘यसको के अर्थ हो म तपाईंलाई बताउन सक्तिनँ, म तपाईंलाई भन्न सक्छु कि युद्धविरामको अपरिहार्यता सबैका लागि रहेको महत्त्व राख्दछ’, आफ्ना स्टाफले साझा गरेको ट्रान्सक्रिप्टअनुसार सिङ्गापुर समाचार एसिया च्यानलसँगको अन्तरवार्तामा उनले भनेका छन् ।
इरानका नवनिर्वाचित राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सहभागी भएका हानिया इजरायली हवाई आक्रमणमा मारिएको हमासले बुधबार (३१ जुलाई) बताएको छ ।
इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इजरायलमाथि अक्टोबर ७ को आक्रमणको प्रतिशोधमा हमासलाई समाप्त पार्ने वाचा गरेका छन् । हमासको आक्रमणपछि युद्ध सुरु भएको हो ।
वासिङ्टन इजरायलको प्रमुख सैन्यसमर्थक हो र उसले युद्धविरामका लागि जोड दिइरहेको छ । विदेशमन्त्री ब्लिङ्केनले ‘हमासको गोलीबारीमा फँसेका’ इजरायली बन्धक र गाजाबासीका लािग लागि युद्धविराम ‘स्पष्टरूपमा हितमा रहेको’ तर्क गरेका छन् ।
प्यालेस्टिनी आन्दोलन हमासका राजनीतिक प्रमुखका रूपमा हानियाले गाजामा युद्ध अन्त्य गर्न र इजरायलमा प्यालेस्टिनी कैदीहरूको बदलामा यस क्षेत्रमा राखिएका बन्धकहरूलाई रिहा गर्ने सम्झौताका लागि वार्ताको निरीक्षण गरिरहेका थिए ।
सिङ्गापुरको भ्रमणमा रहेका ब्लिङ्केनले गाजा युद्धविराम द्वन्द्वलाई बाँकी क्षेत्रमा फैलिनबाट रोक्न महत्त्वपूर्ण रहेको बताए ।
‘हामी पहिलो दिनदेखि नै गाजामा राम्रो स्थानमा पुग्ने प्रयास मात्र नभइ द्वन्द्वलाई फैलिनबाट रोक्न पनि काम गरिरहेका छौँ, चाहे त्यो लेबनान र हिजबुल्लाहसँग उत्तरमा होस वा हुथीहरूसँग लाल सागरमा होस् । इरान, सिरिया, इराक, तपाईं यसको नाम बताउनुहोस्’, उनले सिटी स्टेटमा एक फोरमलाई भने, ‘यस्तो नहोस् र हामी राम्रो स्थानमा जान सक्छौँ भनेर सुनिश्चित गर्न प्रयास गर्ने एउटा ठूलो समाधान भनेको युद्धविराम पाउनु हो ।’
युद्धविराम वार्तामा महत्त्वपूर्ण मध्यस्थकर्ता एवं हानियासहित हमासको राजनीतिक नेतृत्वलाई आतिथ्यता प्रदान गर्ने कतारले हत्यापछि वार्ताको भविष्यमाथि प्रश्न उठाएको छ । हमासले आफ्नो अनुभवी नेताको ‘कायरतापूर्ण’ हत्या ‘अनुत्तरित नहुने’ वाचा गरेको छ ।
प्रतिक्रिया