कक्षा १२ को परीक्षा : २ लाख ३१ हजार २३५ जना उत्तीर्ण

कक्षा १२ को परीक्षा : २ लाख ३१ हजार २३५ जना उत्तीर्ण


कक्षा १२ को परीक्षाको नतीजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले नतीजा सार्वजनिक गरेको हो । नतीजाअनुसार कुल ४ लाख ७८ हजार ३ सय ८९ परीक्षार्थीमध्ये २ लाख ३१ हजार २ सय ३५ जनामात्र उत्तीर्ण भएका छन् । जुन प्रतिशतमा ५२ दशमलव ९१ हुन आउँछ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार कक्षा १२ को परीक्षामा नियमिततर्फ ३ लाख ८५ हजार ६ सय ३२ सहभागी भएका थिए । तीमध्ये २ लाख ३ हजार ८ सय ४७ जना उत्तीर्ण भए ।

ग्रेडवृद्धितर्फका परीक्षार्थीमध्ये २८ दशमवल २६ प्रतिशत उत्तीर्ण भए । कूल परीक्षार्थी ९२ हजार ५ सय ९ मध्ये २५ हजार ४ सय ३६ जना उत्तीर्ण भएका छन् ।