काठमाडौंको सिनामंगलमा महिला र पुरुष मृत फेला परेका छन् ।
शान्ता कार्कीले सञ्चालन गर्दै आएको गेष्टहाउसमा बाजुराको त्रिवेणी नगरपालिका-४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षकी करिष्मा सार्की मृत भेटिएका हुन् ।
यही साउन १५ देखि त्यहाँ बस्दै आएका उनीहरु शुक्रबार १२ बजेसम्म पनि नउठेपछि प्रहरीलाई खवर गरिएको र प्रहरीले ढोका खोलेर हेर्दा मृत भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया