अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुमित रौनियारका हकमा विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
सरकारी अनुदान रकम हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा आयोगले विशेष अदालतमा ठेकेदार रौनियारविरुद्ध मुद्दा दायर गरेको थियो । विशेष अदालतको २०८० असोज २२ गतेको फैसला गरेको थियो ।
आयोगले प्रतिवादी बनाएकालाई विशेष अदालतले गरेको फैसला कानुनसम्मत नभएको र त्रुटिपूर्ण रहेको जिकिर गर्दै शुक्रबार (१८ साउन) सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो । आयोगले काठमाडौंको टेकु पुल निर्माणमा अनियमितता भएको ठहर गर्दै रौनियारलगायतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आयोगले दायर गरेको मुद्दाको २०८० असोज २२ गते फैसला गरेको थियो ।
प्रतिक्रिया