‘जोगिन्दर’को ‘ठगठाग कम्पनी’मा राजनीतिदेखि कलाकारसम्मलाई झटारो

‘जोगिन्दर’को ‘ठगठाग कम्पनी’मा राजनीतिदेखि कलाकारसम्मलाई झटारो


हास्य र ब्याङ्ग्यको पर्व ‘गाईजात्रा’लाई लक्षित गर्दै हरेक बर्ष विभिन्न हास्यब्यङ्ग्य सामाग्री भित्रिने गर्दछ । यस्तैमा लोकप्रिय कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर’ले आगामी ‘गाइजात्रा’लाई लक्षित गर्दै गाईजात्रे कमेडी ‘ठग-ठाग कोसेली’ ल्याएका छन् । दर्शक तथा स्रोतालाई हास्यब्याङ्ग्यको माध्यमबाट विशुद्ध मनोरञ्जन दिन र बिकृति बिसंगतीमाथि प्रहार गर्दै चेतना प्रवाह गर्ने उदेश्यले उनले ‘ठगठाग कोसेली’ ल्याएका हुन् ।

बिगत २२ बर्षदेखि नियमित नियमित ब्याङ्ग्यका कोसेली दिर्दै आएका जोगिन्दरको ‘ठग-ठाग कोसेली’ ओएसआरको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । अहिलेको राजनीतिक घटनाक्र, सामाजिक बिकृति बिसंगतिदेखि, फेसन र ग्ल्यामरसम्मलाई उनले ‘ठग-ठाग कोसेली’मा ब्याङ्ग्यको मसला बनाएका छन् ।

लेखन, निर्देशन, प्रस्तुति समेत ‘जोगिन्दर’कै रहेको ‘ठग-ठाग कोसेली’मा प्यारोडी पनि छ । यसपटक उनले ‘काले केटाले’ भन्ने चर्चित गीतमा प्यारोडी बनाएका छन् । गीतमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुरसम्मलाई उतारेका छन् । रिजालको ‘ठग-ठाग कम्पनी’ २२औं कोसेली हो । गतवर्ष उनले ‘लुछाचुँडी’ ल्याएका थिए ।

जोगिन्दरको ‘ठग-ठाग कम्पनी’मा राधिका हमाल, गोपाल ढकाल ‘छन्दे’, दिनेश काफ्ले , सुरेश तिमिल्सेना, सिला उप्रेती, शिवराम कार्की, सोनम शेर्पा, बिजेन्द्र नौबागे, धिरेन्द्र सिंह, साबित्री लामिछाने, पोसना श्रेष्ठ, बेदमणि अधिकारी र प्रेम शर्मा पौडेल रहेका छन् । ‘ठग–ठाग कम्पनी’को पोष्ट प्रोडक्सन कोचे मिडियाले गरेको हो ।

गाइजात्रा हास्य कलाकारका लागि एउटा महान् उत्सव भएकोले सधैँ झैँ यो वर्षपछि गाईजात्रे झटारो ल्याएको कलाकार रिजालले बताए । ‘अहिले यस्ता कोसेलीको ब्यवसायिकता त छैन’, रिजालले भने ‘बर्षेनी दर्शकश्रोता मेरो कोसेलीको पर्खाइमा बस्नुहुन्छ ।’ दर्शकको मायाले गर्दा पनि यो बर्षपनि गाईजात्रे कमेडीमा निरन्तरता दिएको रिजालको भनाई छ । ‘हरेक बर्ष झै यो बर्ष पनि दर्शकले माया दिनुहुन्छ भन्ने बिश्वास छ’, रिजालले थपे ।

विसं २०६१ सालदेखि हरेक वर्ष निरन्तर रुपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइरहेका रिजाल गाईजात्रामा हास्यब्यङ्ग्य कार्यक्रम गर्नु, प्रस्तुति ल्याउनु हास्य कलाकारको धर्म नै मान्दछन् । शिवशंकर अहिले ‘नाचघरमा आयोजना हुने ‘गाईजात्रा कार्यक्रम’को तयारी छन् ।

Jogindar Paanwala Gaijatra “THAG THAAG COMPANY” 2081/ 2024 | गाईजात्रा ठग-ठाग कम्पनी | Shiva Shankar (youtube.com)