गत स्थानीय तह निर्वाचनपछि विविध कारणले तहमा रिक्त पदमा उपनिर्वाचनको तयारी निर्वाचन आयोगले थालेको छ । निर्वाचनको तयारी भइरहँदा आयोगले मतदाता नामावली अध्यावधि गर्न आग्रह पनि गरेको छ ।
२०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनपछि देशभरबाट विभिन्न कारणले नगरपालिकाप्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी जम्मा ३४ पद रिक्त रहेका छन् । आयोगका अनुसार कोशी प्रदेशमा एक पालिका अध्यक्षसहित ६ वडा अध्यक्ष, मधेशमा ४ वडा अध्यक्ष, बागमतिमा एक नगर प्रमुख र एक पालिका उपाध्यक्ष र ५ वडा अध्यक्षका पद रिक्त भएका छन् ।
यस्तै गण्डकीमा १ वडा अध्यक्ष, लुम्बिनीमा ३ वडा अध्यक्ष, कर्णालीमा पालिका अध्यक्ष र उपाध्यक्ष १/१ तथा वडा अध्क्ष ५ र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष एक र ४ वडा अध्यक्षका पद रिक्त भएका छन् ।
यी रिक्त पदमा अब हुने निर्वाचनका लागि आयोगले उमेर पुगेका, मतदाता नामावलीमा छुट भएका, बसाई सरेर आएकासमेत नागरिकलाई मतदाता नामावलीमा आफ्नो नाम अध्यावधि गर्न आग्रह गरेको हो ।
पद रिक्त रहेका पालिकाहरु निम्न छन् –
प्रतिक्रिया