पहिरोबाट महाकाली लोकमार्ग अवरुद्ध
जाजरकोटको नलगाड नगरपालिका-२ माझगाउँमा आज (३ भदौ) बिहान पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु भएको छ । मृत्युहुनेमा नलगाड-२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरुका दुई वर्षीय छोरा शिभम परियार छन् ।
नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतका अनुसार उनीहरु भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेका थिए । इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको नगरप्रमुख रावतले बताए ।
घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीनजिकै छ ।
उता दार्चुलामा गएराति परेको वर्षाका कारण पहिरो आइ महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर-खलङ्गा सडक अवरुद्ध बनेको छ । राजमार्गको कठपते नक्तड, पनेबाज, ऐरिछाना र मालिकार्जुन गाउँपालिकाको धामीगाडामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्धहुँदा जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधन सडकमै रोकिएका छन् । दार्चुलाबाट महेन्द्रनगर, काठमाडौं आउने दिवा तथा रात्रिसेवाका बस सडक अवरुद्ध भएपछि बाटोमै रोकिएका हुन् । आज बिहानदेखि डिभिजन सडक बैतडी पाटनको जेसिबीले पहिरो पन्छाइरहे पनि ठाउँठाउँमा पहिरो खसिरहेकाले एउटा मात्र जेसिबीले पन्छाउन केही समय लाग्ने सडक विभागका सुपरभाइजर राजेन्द्रसिंह धामीले जानकारी दिएका छन् ।
घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीनजिकै छ ।
symbolic image
प्रतिक्रिया