प्रचण्डको कार्यकालमा बन्द भएको टिकटक ओलीको पालामा खुल्ला

प्रचण्डको कार्यकालमा बन्द भएको टिकटक ओलीको पालामा खुल्ला


नेपाल सरकारले शर्तसहित सामाजिक सञ्जाल ‘टिकटक’ खोल्न दिने निर्णय गरेको छ ।

नेपाल सरकार (मन्त्रिपरिषद्)को आज (६ भदौ) बसेको बैठकले सो निर्णय गरेको सञ्‍चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन गत साउन २४ गते सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको निर्देशनका आधारमा सञ्चार मन्त्रालयले उक्त प्रस्ताव तयार गरेको थियो ।

टिकटकको प्रयोग गरेर विकृति बढाएको भनी टिप्पणी भएपछि प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले गत २०८० कत्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।