इजरायलले सैन्य दबाब कायम राखे बन्धकलाई ‘कफिनभित्र’ फर्काइने हमासको चेतावनी

इजरायलले सैन्य दबाब कायम राखे बन्धकलाई ‘कफिनभित्र’ फर्काइने हमासको चेतावनी


इजरायलले सैन्य दबाब जारी राखेमा बन्धकहरू ‘कफिनभित्र’ फर्काइने हमासको सशस्त्र सेनाले चेतावनी दिएको छ ।

पछिल्लो समयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्झौताको सट्टा सैन्य दबाबको माध्यमबाट कैदीहरूलाई मुक्त गर्ने जिद्दी गरेको दोष हमासले लगाउँदै आएको छ । यसैगरी प्रधानमन्त्री नेतान्याहुले हमासले शान्ति नचाहेकाले बन्दकरुहको हत्या गरेको दाबी गर्दै आएका छन् ।

यही स्थिती कायम रहेमा बन्दकहरु कफिनभित्रै फर्किने इजेदिन अल-कसम ब्रिगेडका प्रवक्ता अबु ओबिडाले विज्ञप्तिमार्फत जनाएका छन् ।

यसअघि ६ जना बन्धकहरूलाई ‘मृत्युदण्ड’ दिएपछि सेना बन्धकहरु राखेको स्थानमा पुगेमा उनीहरूसँग गर्ने व्यवहारका सम्बन्धमा कैदीहरूको रक्षा गर्न तोकिएका सुरक्षाकर्मीलाई नयाँ निर्देशन जारी गरिएको छ ।