ऐतिहासिक पदकविजेता पलेशा गोवर्द्धनको भब्य स्वागत

ऐतिहासिक पदकविजेता पलेशा गोवर्द्धनको भब्य स्वागत


फ्रान्समा आयोजित पेरिस पारा ओलम्पिक २०२४ मा ऐतिहासिक पदक दिलाएर देशको नाम उच्च तुल्याउन सफल पलेशा गोवर्द्धनलाई काठमाडौंमा भब्य स्वागत गरिएको छ ।

पारा ओलम्पिकमा काँस्यपदक विजेता गोवर्द्धनसहितको नेपाली पारा तेक्वान्दो टोली आज बुधबार (१९ भदौ) स्वदेश फर्किएको छ भने सो क्रममा त्रिभुवन अन्तर्रष्ट्रिय विमानस्थलमा पलेशासहतिको टोलीलाई भव्य स्वागत गरिएको हो ।

गोवर्धनलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी स्वयम् विमानस्थलमा उपस्थित भएका थिए भने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, खेलाडीहरु र अन्य सर्वसाधारणको ठूलो उपस्थिति थियो ।

photo: rss