फ्रान्सबाट इङ्ल्यान्ड जाने च्यानल (इङ्लिस च्यानल) पार गर्ने क्रममा शनिबारदेखि आइतबारसम्म (१४-१५ सेप्टेम्बर) कैयौँ आप्रवासीको मृत्यु भएको छ । पास-डे-क्यालाइस प्रान्तका अधिकारीले च्यानल पार गर्ने क्रममा कम्तीमा आठ आप्रवासीको ज्यान गुमेको जनाएका छन् ।
फ्रान्सेली तटीय सुरक्षा अधिकारीहरूले दिएको जानकारीमा आप्रवासीहरूले हालैका दिनहरूमा साना डुङ्गाहरूको प्रयोग गरी खतरनाक च्यानल पार गर्ने धेरै प्रयास गरेका थिए भने शुक्रबार र शनिबार मात्र २४ घण्टामा २०० जनालाई उद्धार गरिएको छ।
फ्रान्सको उत्तरी तटीय क्षेत्रमा यसै महिना दर्जनौँ मानिस बोकेको डुङ्गा पल्टिँदा कम्तीमा १२ आप्रवासीको मृत्यु भएको छ ।
उक्त मार्गमा सन् २०२३ मा १२ जनाको मृत्यु भएकोमा सन् २०२३ मा २५ जनाको मृत्यु भएको थियो भने शुक्रबार र शनिबार भएको यो घटना यस वर्षको सबैभन्दा घातक विपत्ति मानिएको छ ।
प्रतिक्रिया