आजको पञ्चाङ्ग एवम् राशिफल (३१ भदौ २०८१ सोमबार, १६ सेप्टेम्बर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (३१ भदौ २०८१ सोमबार, १६ सेप्टेम्बर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं.२०८१ भाद्र ३१ गते तद्अनुसार सन् २०२४ सेप्टेम्बर १६ तारिख सोमबार भाद्र शुक्ल पक्षको त्रयोदशी तिथि धनिष्ठा नक्षत्र सुकर्म योग गर करण आनन्दादिमा शुभ योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५० मा भयो र सूर्यास्त साँझ १८ः५ मा हुनेछ ।

आजको राशिफल

मेष – विगतको लगानी तथा श्रमबाट राम्रै प्रतिफल मिल्ने समय छ । आर्थिक काम बन्नेछ । खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्ला । व्यापार तथा उद्योगतर्फ लगानी बढाउन सकिनेछ । स्वास्थ्यमा सामान्य कमजोरी महसूस हुन सक्छ । विदेशयात्राको प्रयत्नमा रहेका व्यक्तिका लागि समय अनुकुल छ । नजिकका साथीभाइ टाढिन सक्ने योग छ, सजग रहनुहोला । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – आम्दानीको तुलनामा खर्च अलिक बढी हुनाले आर्थिक समस्या देखापर्न सक्छ । पराक्रम वृद्धिका बाबजुद काममा ढिलासुस्तीको योग छ । चोटपटकको योग देखिएकाले आजको दिन सवारीसाधन तथा हातहतियार उपयोग गर्दा सचेत रहनु हितकर होला । शक्तिशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना रहेकोले गोपनीयतामा ध्यान दिनु उचित हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । बुद्धि-विवेकको सही उपयोग हुने समय छ ।

मिथुन – भाग्यबल बढ्नेछ । आँट साहस पराक्रम बढ्नेछन् । नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ । आफन्तजनको सहयोगले विशेष फाइदा होला । नयाँ नोकरी प्राप्ति तथा पदोन्नतिको सम्भावना प्रवल छ । आजको दिन खर्च बढ्ने देखिन्छ, खर्च नियन्त्रणको चेष्टा गर्नुहोला । कुनै पनि काममा बलजफ्ती नगर्नु उचित हुनेछ । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कर्कट – दौडधुप वृद्धि भएपनि पुरस्कार, प्रशंसा, ख्याति आदि पाइने समय छ । मेहनतले नाम, दाम र इनाम हातपार्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएला । प्रतिस्पर्धी परास्त हुनेछन् भने भौतिक साधन जुटाउन सकिनेछ । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुने योग छ । काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह – रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । दिगो आम्दानी हुने काम सुरु गर्ने समय छ । खुसीको समाचार सुन्न पाइएला । नयाँ व्यापार-व्यवसाय विस्ताको योग छ । आध्यात्मिक कार्यमा खर्च हुन सक्छ । अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले प्रतिष्ठा दिलाउनेछ । प्रेमभाव वृद्धिका साथै दाम्पत्यसुख बढ्नेछ ।

कन्या – आजको दिन मिश्रित फलदायी रहला । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्ने योग छ । तर, समयमा काम सम्पन्न गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ । सञ्चित धन खर्च हुने देखिन्छ, सजग रहनुहोला । स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखिनसक्छ । आर्थिक लेनदेनमा सजगता अपनाउनु उचित हुनेछ । बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

तुला – बोलीकै भरमा काम सम्पादन गर्ने समय छ । प्रेम र मित्रताको गाँठो कसिन सक्छ । आजको दिन तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्न सक्ने योग छ । आफन्तसँग असमझदारी बढे पनि शुभचिन्तकहरूले साथ दिनेछन् । सामाजिक प्रतिष्ठा जोगाउन आफ्ना योजना गोप्य राख्नुहोला । आरोग्यबल बढ्नेछ । साहसिक काममा आकर्षण रहनेछ ।

वृश्चिक – व्यस्तता र सामर्थ्य बढ्नेछ । नयाँ कार्ययोजना बन्ने र नयाँ कामको सुरुवात हुनसक्ने दिन छ । काम सामान्य भए पनि राम्रो आम्दानी होला । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन् । परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु – हिम्मतले काम लिने समय छ । पुरुषार्थ देखाएर नाम, दाम र इनाम हात पार्न सकिएला । बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुन सक्छ । खर्च बढ्ने र कामकाजमा अवरोध हुने योग रहेकोले सावधानीका साथ कदम चाल्नुहोला । समस्याको समाधान मिल्ला । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मकर – आजको दिन महत्त्वपूर्ण काममा सफलता मिल्नाले उत्साह बढ्ला । आकस्मिकरुपले धनलाभ हुन सक्छ । पढाइलेखाइमा रूचि बढ्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । यात्रागत कार्यमा केही खर्च वृद्धि होला । मन मिल्ने साथीभाइ अलिक टाढिने एवम्प्रेम सम्बन्धमा समस्या आउनसक्ने योग छ । मिठो भोजन प्राप्ति र यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ – कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । विपरीतलिंगी वा शुभचिन्तकहरूले साथ दिनेछन् । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ । वादविवाद र झैझगडाबाट आजको दिन टाढै बस्नु बुद्धिमानी हुनेछ । अरूको भावनालाई बेवास्ता नगर्नु हितकर होला । आफन्तको साथ प्राप्त हुनेछ ।

मीन – समय शुभदायी छ । साझेदारीको काम बन्नेछ । सुख सुविधाको बस्तु बढ्नेछन् । प्रेम र मित्रताको बन्धन कसिने समय छ । अस्थायी पेसाबाट मनग्य फाइदा हुने देखिन्छ । दाम, इनाम र प्रतिष्ठा कमाउने अवसर जुर्ला । पठनपाठनमा प्रगति हुनेछ । प्रतिभा प्रदर्शन गरेर धेरैलाई आकर्षित गर्न सकिनेछ ।