प्रधानसेनापति ट्रफि-२०८१ सुरु

प्रधानसेनापति ट्रफि-२०८१ सुरु


प्रधानसेनापति ट्रफि-२०८१ सुरु भएको छ । सेनापति अशोकराज सिग्देलले प्रधानसेनापति ट्रफि-२०८१ खेलकुद प्रतियोगिताको समुद्घाटन गर्नुभयो ।

नेपाली सेनाभित्र रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूको सिप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू तयार गर्ने अभिप्रायका साथ २०६५ सालबाट प्रधान सेनापति ट्रफि सुरु भएको सेनाले जनाएको छ ।

जङ्गी अड्डास्थित खेलमैदानमा आयोजित समुद्घाटन समारोहमा प्रधानसेनापति ट्रफिमा सहभागी पृतना तथा बाहिनीका टिमहरूले मार्चपाष्टका साथै विभिन्न खेल सम्बन्धी कला प्रस्तुत गरेका थिए । प्रतियोगिताअन्तर्गत सम्पन्न महिला ८०० मिटर दौड तथा पुरुष १५०० मिटर दौडका विजेताहरूलाई प्रधानसेनापति सिग्देलले पुरस्कार वितरण गर्नु भयो ।

आगामी असोज १५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा पृतना, युद्ध मद्दती बाहिनी र विशेष फौज बाहिनीका जम्मा १४ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेलहरू सञ्चालन हुनेछन् ।