आजको पञ्चाङ्ग एवम् राशिफल (१ असोज २०८१ मंगलबार, १७ सेप्टेम्बर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१ असोज २०८१ मंगलबार, १७ सेप्टेम्बर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ आश्विन १ गते तद्अनुसार सन् २०२४ सेप्टेम्बर १७ तारिख मंगलबार भाद्र शुक्ल पक्षको चतुर्दशी तिथि शतभिषा नक्षत्र धृति योग गर करण आनन्दादिमा मृत्यु योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५० मा भयो र सूर्यास्त साँझ १८ः४ मा हुनेछ । आश्विनसंक्रान्ति, पूर्णिमा व्रत, विश्वकर्मा, अनन्तचतुर्दशी ।

आजको राशिफल

मेष – यात्राको क्रममा लाभ मिल्नसक्ने समय छ । व्यापार-व्यवसायमा सुधार आउला । सन्तानपक्षबाट पनि सुख पाइने योग छ । मनको डर हटेर काममा उत्साह बढ्ला । अनुकूल यात्राको सम्भावना छ । आयस्रोत बढ्नेछ । रोकिएको काम पुनः सुचारु हुनसक्छ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

वृष – मिश्रित फलदायी दिन छ । धेरै श्रम गरे पनि कामको कम मूल्याङ्कन होला । हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । स्वास्थ्यमा अचानक गडबडीको सम्भावना रहेकोले विशेष सजगता अपनाउनु हितकर होला । सञ्चित रकम खर्च गर्नुपर्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख मिल्नाले उत्साह वृद्धि होला ।

मिथुन – आजको दिन अध्ययन-अध्यापनमा प्रगति हुनेछ भने आफन्तहरुको सहयोग र बौद्धिक उन्नतिले कार्य सफल हुने देखिन्छ । तथापि, स्वास्थ्य केही कमजोर रहला, खर्चपनि केही बढ्ने देखिन्छ । कुरा काट्नेहरू सक्रिय हुन सक्छन्, सावधान रहनुहोला । नयाँ योजना या दीर्घकालीन अवधारणा बनाउन आजको दिन अनुकूल नहुन सक्छ, ध्यान राख्नुहोला । धर्मकर्ममा आकर्षण बढ्नेछ ।

कर्कट – ब्यस्तता र जोखिम केही बढेपनि शुभदायी दिन छ । खर्चभन्दा कमाइ नै बढी हुने देखिन्छ । छरछिमेकबाट सरसहयोग प्राप्त होला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । सोच्ने शक्ति बढ्नेछ । भने कुरा काट्नेहरु प्रशंसा गर्न थाल्ने छन् । कर्मबल वृद्धि हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह – नयाँ शुरु गरिएका काम सहजै बन्नसक्ने दिन छ । काममा मन जानाले चिताएको काम सहजै बन्ला । आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुने देखिन्छ । परिश्रमले धेरै काम बन्नेछन् भने धनलाभको योग छ । प्रेमभाव वृद्धि र दाम्पत्यसुख बढ्नेछ । कलात्मक काममा विशेष सफलता मिल्ने देखिन्छ ।

कन्या – दिन केही चुनौतीयुक्त रहने देखिन्छ । कुरा काट्नेहरु सक्रिय रहने छन् भने नजिककै मित्र पनि असहयोगी भूमिकामा देखापर्न सक्छन् । आगो तथा हातहतियारबाट विशेष सावधान रहनु हितकर होला । आर्थिक संकटका कारण पति-पत्नीबीच घरसल्लाह नमिल्न सक्छ । ब्यर्थमा कसैसँग झगडा वा विवाद हुन सक्छ, सजग रहनुहोला । यात्रामा पनि विशेष सावधानी अपनाउनु उचित हुनेछ ।

तुला – समय खासै अनुकुल नरहने देखिन्छ । जागिरमा हुनेले आजको दिन अनावश्यक झमेलाको सामना गर्नुपर्ला । कसैबाट अपमानित पनि हुन सकिने योग रहेकोले सजगभ इ ब्यवहार गर्नुहोला । प्रतिकुलताका बाबजुद खास कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्ने सम्भावना छ । कला क्षेत्रमा रुचि बढ्ला । खास मित्रजनले प्रशंसा गर्नेछन् । आरोग्यबल बढ्नेछ ।

वृश्चिक – कामबाट सजिलै फुर्सद पाइने र प्रशन्नता मिल्ने दिन छ । अल्झेको काम बन्नाले मनमा एक किसिमको हर्षउल्लास छाउला । पढाइलेखाइमा भने खासै प्रगति हुने छैन । धनलाभको योग छ । खर्च पनि केही वृद्धि हुनसक्छ । आफन्तजनसँग भेटघाट होला । मिठो भोजन प्राप्त हुनेछ । प्रतिष्पर्धीलाई परास्त गर्ने क्षमता अभिवृद्धि होला ।

धनु – अधुरा काम बन्ने तथा रुचिका विषयमा लगानी बढाउने समय छ । शत्रुपक्ष परास्त होलान् । कुरा काट्नेहरुको मुख बन्द हुनेछ । वैदेशिक तथा ब्यापारिक कामकाजमा लाभ होला । साझेदारीको व्यवसायमा पनि उन्नति हुने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहने देखिन्छ ।

मकर – दिन केही चुनौतीयुक्त रहला । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश हुन सक्छ । मनमा पीडाले डेरा जमाउला । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना रहेकोले सतर्कताको अपनाउनु हितकर होला । चोटपटकको भय पनि छ, हातहतियारको प्रयोग गर्दा विशेष सावधानी अपनाउनुहोला । प्रतिकुलताका बाबजुद दायित्व निर्वाहमा अब्बल रहनुहुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ – आजको दिन शुभदायी रहला । विभिन्न अवसरले पछ्याउनेछन् । महत्वपूर्ण काम बन्नेछ भने लगनशिलता र इमान्दारिताको प्रशंसा हुनेछ । परिवारसँग आत्मीयता बढ्नेछ, मनमा शान्ति छाउनेछ । प्रेम प्रस्तावको पनि योग छ । रसरागको भाव जागृत होला । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुर्नसक्छ, मौकाको लाभ उठाउने प्रयत्न गर्नु हितकर हुनेछ ।

मीन – दिन शुभदायी छ । आर्थिक क्षेत्रमा राम्रै लाभ हुने देखिन्छ । आम्दानी वृद्धि हुनेछ । ब्यापार, कृषि, तथा बैदेशिक क्षेत्रको लागि समय एकदमै राम्रो छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्ने देखिन्छ । अरुको विश्वास सजिलै जित्न सकिएला । मिष्ठान्न भोजनको योग रहेको छ । आफन्तको साथ मिल्नेछ । सुख विलासको अवस्था रहनेछ ।