एक सय ५० किलो गाँजासहित दुई पक्राउ

एक सय ५० किलो गाँजासहित दुई पक्राउ


प्रहरीले यहाँको रामगोपालपुर नगरपालिका-५ बाट एक सय ५० किलो लागुऔषध गाँजासहित दुई जनालाई पक्राऊ गरेको छ ।

धादिङ धुनीबेसी नगरपालिका-६ बस्ने ३० वर्षीय सञ्जीप खत्री र चितवन खैरेनी नगरपालिका-१ बस्ने १८ वर्षीय सुदिप अधिकारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

पक्राउ परेका उनीहरु क्रमशः बा प्र ०१-०२६च १३३६ नम्बरको पिकअपको चालक र सहचालक हुन् । उनीहरुले गएराति पिकअपमा त्रिपालभित्र लुकाएर १० पोका गाँजा सदरमुकाम जलेश्वरतिर लैजाँदै गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी र इलाका प्रहरी रामगोपालपुरको संयुक्त टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैलाई थप कारबाही प्रक्रिया अगाडि बढाइएको प्रवक्ता जैसवारले बताए ।

symbolic image