उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार


एक साता अघिमात्र ६०० एमएमको मल्टिपल रकेट लन्चरको परीक्षण गरेको उत्तर कोरियाले पुनः अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफ (जेसीएस)ले उत्तर कोरियाले ब्यालेष्टिक मिसाइल प्रक्षेपण गरेको जानकारी दिएको हो ।

बताइएअनुसार उत्तर कोरियाली नेता किम जोङ-उनले अगस्टमा कोरियाली प्रायद्वीपमा बढ्दो तनावको बीचमा युद्धको तयारी बढाउन थप आत्मघाती ड्रोनको विकास र उत्पादन गर्न आह्वान गरेका थिए । अगस्ट २४ मा किम जोङ-उनको रेखदेखमा विभिन्न ड्रोनको प्रदर्शन परीक्षण गरिएको थियो । परीक्षणको क्रममा, ड्रोनले निर्दिष्ट लक्ष्यहरू नष्ट गरेको जनाइएको छ ।

परीक्षणको क्रममा मिडियाले खिचेका तस्बिरहरूमा दुई सेतो आत्मघाती बमवर्षक ड्रोनले के-२ ट्याङ्कहरू जस्तो देखिने सिमुलेटेड लक्ष्यहरूलाई आक्रमण र नष्ट गरिरहेको देखाइएको थियो । दक्षिण कोरियाले यो घटनाको विश्लेषण भइरहेको जनाएको छ ।