भारतको जम्मु कश्मीरमा विधानसभा चुनाव शुरु

भारतको जम्मु कश्मीरमा विधानसभा चुनाव शुरु


भारतको जम्मु कश्मीरमा विधानसभा चुनावको पहिलो चरणको मतदान भइरहेको छ । त्यहाँ १८ सेप्टेम्बर, २५ सेप्टेम्बर र १ अक्टोबरमा तीन चरणमा मतदान हुँदैछ । आज भइरहेको पहिलो चरणको मतदानमा राज्यको कुल २४ विधानसभा सीटका लागि मतदान हुँदैछ, जसमध्ये १६ सिट कश्मीर र ८ सिट जम्मुका छन् ।

भारतको संविधानको धारा ३७० खारेज भएको करिब १० वर्षपछि पहिलो पटक जम्मू कश्मीरमा विधानसभा चुनाव हुन लागेको हो । ५ अगस्त, २०१९ मा अनुच्छेद ३७० खारेज गरेर जम्मू कश्मीरको विशेष दर्जा हटाइएको थियो र, दुई केन्द्र शासित प्रदेशहरू सिर्जना गरिएको थियो ।

यी चुनावमा नेशनल कन्फ्रेन्स र कांग्रेस मिलेर राज्यका सबै ९० सिटमा दुवै राजनीतिक दलले संयुक्त प्रतिस्पर्धा गरिरहेका छन् भने भाजपा र पीडीपी यस चुनावी मैदानमा एक्लै छन् । लोकसभा सांसद इन्जिनियर राशिदको पार्टी अवामी इत्तिहादले प्रतिबन्धित संगठन जमात–ए–इस्लामीले समर्थन गरेको स्वतन्त्र उम्मेदवारहरूसँग गठबन्धनको घोषणा गरेको छ ।

मतदानलाई मध्यनजर गर्दै राज्यमा पनि कडा सुरक्षा व्यवस्था गरिएको छ ।