फ्रान्सको सार्वजनिक वित्तको ‘वास्तविकता” मापन गर्न थप जानकारी आवश्यक रहेको भन्दै त्यहाँका प्रधानमन्त्री मिचेल बार्नियरले देशको आर्थिक अवस्था गम्भीर भएको बताएका छन् ।
बार्नियर सरकारको प्रमुख बन्नुअघि यस महिनाको सुरुमा फ्रान्सलाई युरोपेली सङ्घको बजेटीय नियमहरू उल्लङ्घनको आरोप लागेको थियो । बैङक अफ फ्रान्सले सन् २०२७ सम्ममा युरोपेली सङ्घको घाटाका नियमहरूमा यर्थाथता नभएको बताएको थियो ।
फ्रान्सको सार्वजनिक क्षेत्रको घाटा यस वर्ष जीडीपीको ५.६ प्रतिशतमा पुग्ने र सन् २०२५ मा ६ प्रतिशत भन्दा बढी पुग्ने अनुमान गरिएको छ ।
संसदीय चुनावको लामो झगडापछि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनद्वारा नियुक्त गरिएका प्राधानमन्त्री बार्नियरले आर्थिक स्थिरताका लागि कर वृद्धि गरेका छन् भने म्याक्रोनले अस्वीकार गरेका छन् । बिग्रिएको आर्थिक अवस्थालाई सुधार गर्न केवल सुन्दर कथन भन्दा बढी जिम्मेवार कारबाही आवश्यक रहेको उनको धारणा छ ।
प्रतिक्रिया