नेपाल वायुसेवा निगम : सिड्नी उडानको अन्तिम तयारीमा राष्ट्रिय ध्वजावाहक

नेपाल वायुसेवा निगम : सिड्नी उडानको अन्तिम तयारीमा राष्ट्रिय ध्वजावाहक


  • सुरेन्द्र सुवेदी, काठमाडौं

नेपाल वायुसेवा निगमले अस्ट्रेलियाको सिड्नीमा व्यवसायिक उडानको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । सिड्नी उडानका लागि Foreign AOC (विदेश उडान स्वीकृति) प्राप्त गर्न स्वीकृतार्थ नागरिक उड्डयन प्राधिकरणले अस्ट्रेलियामा आवश्यक कागजात पेश गरिसकेको छ । मुल्याङ्कन प्रक्रिया लगभग सकिएको निगमलाई जानकारी प्राप्त भएको निगमका एक अधिकारीले घटना र विचारलाई बताए ।

एयरक्राफ्ट फ्युलिङका लागि सप्लायर छनोट भइसकेको, CASA, sydney airport authority र अन्य निकायबाट निमगको उच्च व्यवस्थापनलाई उडान अनुमतिको अन्तिम छलफलका लागि बोलाउने काम भएको बुझिएको छ । ‘स्थलगत प्राथमिक तथ्याङ्क संकलन सिएएसएसँग बैठक र अन्य सरोकारवालासँग छलफल गर्दै प्रतिवेदशन पेश गर्न अध्ययन टोली सिड्नी जाने योजनामा रहेको थियो । तर, विविध कारणले त्यो छलफलमा जान नसकिएकोले उक्त अथोरिटीहरुलाई छिट्टै भेट गरेर उडान अनुमति लिने योजना रहेको छ’- निगमका एक अधिकारीले जानकारी दिए ।

निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुई वटा न्यारोबडी विमान वेट लिजमा लिन अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर प्रस्ताव प्राप्त भएको र मूल्याङ्कन समितिमा प्रस्तावहरू मूल्याङ्कनको प्रकृयामा रहेको बुझिएको छ । यस्तै, आन्तरिकतर्फ ट्रङ्क रुटको तीन वटा विमान लिजमा लिन अध्ययन उपसमिति गठन भएर उपसमितिले काम सुरु गरिसकेको छ ।

व्यवसायिक योजना संशोधन गरेर चार वर्षभित्र पाँच वटा STOL (छोटो दुरीमा ल्याण्ड गर्न सकिने), चार वटा trunk route, चार वटा न्यारोबडी र दुई वटा वाइडबडी विमान (जम्मा १५ वटा, आन्तरिक ९ र अन्तर्राष्ट्रियतर्फ ६ वटा) विमान खरिद गर्ने योजना निगमले बनाएको छ । पहिलो चरणमा तीन वटा STOL विमान खरिदका लागि REP प्रकाशित भएर त्यो REP मूल्याङ्कनको प्रकृयामा रहेको बताइन्छ ।

निगमले उच्च ब्याजदरमा ऋण उपभोग गर्दा व्यवसायिक नाफामा प्रतिकूल असर पर्न गएको निचोडका साथ न्यून ब्याज दरमा ऋणलाई स्वाप (swap) ब्याज दायित्व कम हुने र यसले समग्र दायित्व घट्ने निचोडका साथ निगमको व्यवसायिक योजनाअनुसार विमान थप गर्न ह्याङ्गर प्रोजेक्टसमेतलाई समावेश गरी कुनै विदेशी वा स्वदेशी सरकारी संस्था, निकाय, वित्तीय संस्थाहरुमार्फट EOI सूचना प्रकाशित गरेर प्राप्त प्रस्तावमाथि मूल्याङन गर्ने काम भइरहेको निमगले जनाएको छ ।