सवारी दुर्घटनामा एक जनाको मृत्यु

सवारी दुर्घटनामा एक जनाको मृत्यु



धनकुटाको चौबिसे गाउँपालिका-६ धाराचोकस्थित सडकमा प्र१–०२–०४४ प ८४५० नम्बरको मोटरसाइकल र को३१प ३१९६ मोटरसाइकल एकआपसमा ठक्कर खाएर शनिबार साँझ दुर्घटना हुँदा को३१प ३१९६ नम्बरको मोटरसाइकलमा सवार चौबिसे गाउँपालिका-६ बस्ने ३८ वर्षीय बलबहादुर चेम्जोङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बीपी कोइराला प्रतिष्ठान घोपा धरान सुनसरीमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले दुवै मोटरसाइकलका चालकलाई नियन्यत्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।