लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रास्वपा कार्यालयमा भीड बढ्दै

लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रास्वपा कार्यालयमा भीड बढ्दै


संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारी निर्णयसँगै अन्ततः रास्वपाका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई जिल्ला अदालत पोखराका न्यायाधीश कृष्णजंग शाहको इजलासबाट पक्राउ पुर्जी जारी भएको हो ।

पूर्वगृहमन्त्री समेत रहेका लामिछाने जीबी राईद्वारा सञ्‍चालित गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक हुन्‌ । लामिछानेले आफू ठगीमा संलग्न नरहेको जिकिर गर्दै आएका छन् ।

लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको र पक्रउ गर्न प्रहरी खटाइएको सूचना प्रवाहित भएपछि चःमतिस्थित रास्वपाको केन्द्रिय कार्यालयमा कार्यकर्ताको भिड लागेको छ ।

ज्ञातव्य छ, गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई पनि आइतबार नै प्रहरीले पक्राउ गरिसकेको छ । जोशीलाई बयानका लागि पोखरा लगिएको बताइएको छ ।