भुटानलाई हराउँदै नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा

भुटानलाई हराउँदै नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा


नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । बुधबार (९ असोज) समुह चरणको अन्तिम खेलमा नेपालले घरेलु टिम भुटानलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । १–० गोलले पछि परेको अवस्थामा खेलमा कमब्याक गर्दै नेपालले जित हासिल गरेको हो ।

नेपालको जितमा खेलको ५६औं मिनेटमा कृष्णबहादुर आलेले र खेलको ८४औ मिनेटमा सुजल डंगोलले एक/एक गोल गरेका थिए । यसअघि भुटानले खेलको ४३औं मिनेटमा योन्टेन थारचेनको गोलले अग्रता लिएको थियो ।

यो जितपछि समुह बी बाट नेपाल उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ । समुह बी बाट पाकिस्तान विजेता हुँदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै भुटान भने समुह बी मा तेस्रो हुँदै बाहिरिएको छ । अब सेमिफाइनलमा नेपालले भारतको सामना गर्नेछ भने पाकिस्तानले बंगलादेशको सामना गर्ने छ । सेमिफाइनल खेल आगामी शनिबार हुनेछ ।