जापानमा मृत्युदण्डको सजाय सुनाइएका कैदीलाई हत्याको सजाय भोगेको आधा शताब्दीभन्दा बढी समयपछि जापानी अदालतले प्रमाण बनावटी भएको फैसला गर्दै सफाई दिएको छ ।
प्रतिकुल स्वास्थ्य अवस्थाले ८८ वर्षीय पूर्व बक्सर इवाओ हाकामादा आफ्नो मुद्दाको फैसला सुन्न अदालतसमक्ष उपस्थित हुन असमर्थ भएका छन् । समर्थकहरूले मुद्दा दोहोऱ्याउन गरेको एक दशक लामो अभियानपछि उनलाई अदालतले सफाइ दिएको हो ।
सन् १९६८ मा हाकामादाले आफ्नो मालिक, मालिकको श्रीमती र उनका दुई बालबालिकाको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको थियो । तर, अनुसन्धानकर्ताले बनावटी प्रमाण सङ्कलन गरेको र मानसिक र शारीरिक पीडा दिएर अमानवीय ढङ्गबाट सोधपुछ गरी बयान दिन बाध्य पारेको र, त्यसैको आधारमा उनलाई मृत्युदण्डको सजाय दिने फैसला सुनाइएको बिहीबार (२६ सेप्टेम्बर)को फैसलामा उल्लेख छ ।
‘अभियोजन पक्षले प्रतिवादीको ‘मौन रहने अधिकार’लाई प्रभावकारी रूपमा उल्लङ्घन गरेर उहाँको बयान प्राप्त गरेका थिए’- फैसलामा भनिएको छ ।
यस मुद्दाको फैसला सुन्न सयौं मानिसहरू बिहान अदालतमा जम्मा भएका थिए ।
प्रतिक्रिया