‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल नेपाल-२०२४’को अन्तिम प्रतिस्पर्धामा १५ प्रतियोगी भिड्ने भएका छन् । आयोजक ग्रिन आर्टस् मिडिया प्रालिले विश्व सम्पदा सुचिमा परेको वसन्तपुरमा प्रतियोगी सार्वजनिक गरेको हो । सो क्रममा प्रतियोगीले वसन्तपुर क्षेत्र र त्यहाँ रहेका हेरिटेज (सम्पदा)हरुको अवलोकन गर्दै त्यसको बारेमा जानकारी लिएका थिए ।
‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल नेपाल २०२४’ युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि प्रारम्भ गरेकोे ई–प्लानेटद्धारा संचालित अन्तराष्ट्रिय प्रतियोगिता ‘हेरिटेज ईन्टरनेशनल’का लागि प्रतिनिधित्व छान्ने उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगिता हो । प्रतियोगिताका विजेताले विश्वका धेरै मुलकको सहभागिता रहने ‘हेरिटेज इन्टरनेशनल’मा नेपालको कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण चिनाउनुको अलवा स्वदेशमा भित्र कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नेछन् ।
प्रतियोगिताको फाइनल स्पर्धा यही असोज १६ गते बुधबार राजधानीमा एक भब्य कार्यक्रमका बीच हँुदैछ । आयोजक ग्रिनआर्ट मिडियाले सबै प्रतियोगीलाई व्यक्तित्व, संचारकला, आत्मविश्वास, प्रतिभा, बौद्धिकता, क्षमता विकास, प्रभावकारिता र स्टेज प्रस्तुति लगायत उपयोगिता एवम् प्रभावकारी प्रशिक्षणसहित फाइनमा स्पर्धामा उतार्ने ग्रुमिङ कोरियोग्राफर तथा पेजेन्ट कोच अनिला श्रेष्ठले बताइन् ।
प्रतियोगितामा मिस र मिसेज गरेर दुई विजेता छानिनेछन्, जसले थाइल्याण्डको बैंककमा नोभेम्बर २४ मा आयोजना हुने अन्तराष्ट्रिय प्रतियोगिता ‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल २०२४’ मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
केही शीर्षकमा उपविजेतासमेत छानिने प्रतियोगितामा विजेताले विभिन्न गिफ्ट तथा अवसर उपहारका रुपमा समेत प्राप्त गर्न सक्नेछन् ।
यसअगाडि नेपालबाट ‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल’मा मन्जु बन्जारा ढकाल, आश्रा कुँवर, सृजना पुन, दुर्गा बिसुराल, अदीति श्रेष्ठ, परिन्दा परि श्रेष्ठ, परिसा रानाभाट, लिली सुवाल, आज्मा महर्जन लगायत सहभागी भएका थिए ।
प्रतिक्रिया