आइएमई ग्रुपद्वारा प्रधानमन्त्री उद्धार कोषमा पाँच करोड हस्तान्तरण

आइएमई ग्रुपद्वारा प्रधानमन्त्री उद्धार कोषमा पाँच करोड हस्तान्तरण


ग्लोबल आइएमई बैङ्क, आइएमई ग्रुप र आबद्ध कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच करोड हस्तान्तरण गरेको छ । सो रकमको चेक आइतबार (२० असोज) प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो चेक हस्तान्तरण गर्नुभएको हो । उक्त रकम हालैको बाढी, पहिरो र विपद्पछि सञ्चालित उद्धार कोषमा सहयोग भएकामध्ये सबैभन्दा बढी हो ।

यसैगरी, नेपाल इन्सुरेन्सका तर्फबाट अध्यक्ष लक्ष्मण पौडेलले रु ५० लाख, एनएमबी बैङ्कका अध्यक्ष मनोज गोयलले रु ५१ लाख र मेटलाइफ इन्सुरेन्सका उपाध्यक्ष निर्मलकाजी श्रेष्ठले रु २५ लाख हस्तान्तरण गरेका छन् । उक्त रकमसहित आजसम्म प्रधानमन्त्री ओलीसमक्ष कोषका लागि हस्तान्तरण भएको रकम रु १० करोड २६ लाख पुगेको छ ।