आयो मुटु छुने कविता सङ्ग्रह !

आयो मुटु छुने कविता सङ्ग्रह !


प्रिय दुष्मन !

तिमीले मेरो बाटो नछेकेको भए
मैले बाटाहरू खोज्ने थिइन शायद,
एउटा बाटो तिमीले छेक्दा
आज शैयौ बाटाहरू छन मेरा अगाडी !

■ ■ ■

शहर र मान्छे

यो पैसावालाहरूको शहर हो
यहाँ बेच्न मात्रै जान्नुपर्छ
सवथोक बिक्री हुन्छ !
जस्तो,
इमान, जमान, रूप, बैंश आदि

■ ■ ■

आमाको काख र गाउँ

भूकम्पले महलहरू
गर्ल्यामगुर्लुम ढलेर
चौरमै खाना खान्छु भन्दा पनि
सडकमै सुत्छु भन्दा पनि
केही नचलेपछी जाने ठाउँ
आहा ! कति महान गाउँ !

फोहोरले शहर दुर्गन्धित बनेपछि
डेङ्गु, हैजा र वान्ताले थल्याएपछी
बालबच्चा बचाउने उपाय नसुझेपछी
शहरले उधारो पत्याउन छोडेपछि
केही सीप नचलेपछी
जीवन चलाउन जाने ठाउँ
आहा ! कति महान गाउँ !

■ ■ ■

जहिले गएपनि उही माया
अङ्गालो उही
ए, दुःखले घेरेपछी आइस पनि भन्दैन,
तलाई चिन्दिन पनि भन्दैन ,
आमाको काख जस्तो आभास दिने ठाउँ ,
आहा ! कति महान गाउँ !

■ ■ ■

उदीयमान कवि अर्जुन बाबु दाहालद्वारा हालै प्रकाशित गर्नु भएको कविता सङ्ग्रह ‘हिंड्न बाकी बाटाहरू’ मा सम्मिलित कविताका अङ्शहरू हुन यी ! गत साता प्रज्ञा भवन कमलादीमा आयोजित विशेष समारोहमा बिमोचित उक्त कविता सङ्ग्रहमा छपन्न उत्कृष्ट कविताहरू समाबिष्ट छन् । ख्यातिप्राप्त साहित्यकार डा नवराज लम्साल, चर्चित गीतकार दिनेश अधिकारी, समालोचक ज्ञानु अधिकारी, हास्य सम्राट मनोज गजुरेल, लोकप्रिय गायक शिव परियार, पूर्व मन्त्री गिरिराजमणि पोखरेलबाट बिमोचित ‘हिंड्न बाकी बाटाहरू’ गत साता देखि नै बजारमा आएको छ। पछिल्लो दशकमा विभिन्न कविता सङ्ग्रहहरू सार्बजनिक भएको भएपनि अर्जुन बाबुका कवितामा बेग्लै स्वाद र रस पाइन्छ । हरेक कविता सन्देशमूलक छन र मुटुमै छुने गर्दछन । सामान्य शब्दहरूमा पनि असामान्य सन्देश दिन सकिन्छ भन्ने दृष्टान्त हिंड्न बाकी बाटाहरू बनेको छ। यसनिम्ति कवि अर्जुनबाबु बधाईका पात्र बनेका छन् ।