नेपालले क्यानडा एचपीसँगको अभ्यास खेलको सिरिज जितेको छ । गएराति सम्पन्न खेलमा नेपालले क्यानडा एचपीलाई १० रनले पराजित गर्दै सिरिज २-१ ले जितेको हो ।
तेस्रो तथा अन्तिम खेलमा नेपालले दिएको १८८ रनको लक्ष्य पछाएको क्यानडा एचपीले ४४.५ ओभरमा अल आउट हुँदै १७७ रन बनाएको थियो ।
नेपाल यसअघि पहिलो खेलमा ३ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा २० रनको विजयी भएको थियो ।
क्यानडा भ्रमणअन्तर्गत विश्वकप लिग-२ सिरिजमा नराम्रो प्रदर्शन गरको नेपालले त्यसपछि खेलेको टी-२० चारमध्ये २ खेल जितेको थियो ।
अब नेपालले अक्टोबर २५ देखि अमेरिकामा सुरु हुने अमेरिका र र स्कटल्यान्डसहितको लिग-२ को त्रिकोणात्मक सिरिज खेल्ने तयारी गरिरहेको छ ।
प्रतिक्रिया