डिलाइटको १६औं साधारणसभा : ४२ करोडबढीको सम्पत्ति

डिलाइटको १६औं साधारणसभा : ४२ करोडबढीको सम्पत्ति


डिलाइट बचत तथा ऋण सहकारी संस्थाले १६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

राजधानीको अनामनगरमा भएको साधारणसभाको प्रमुख अतिथि संस्थाका पूर्वअध्यक्ष सूर्यकुमार श्रेष्ठ रहेका थिए भने कार्यक्रम संस्थाका अध्यक्ष पुष्प विष्टको अध्यक्षतामा भएको थियो ।

सो अवसरमा राष्ट्रिय सहकारी बैंक बानेश्वर शाखाप्रमुख विनोद भट्टराई, कर सहयोगी श्रमिक संघका संस्थापक अध्यक्ष उद्धवप्रसाद कडरिया, मसलन्द व्यवसायी संघका अध्यक्ष नवीन चौलागाईं, सफ्टी हाइजिनका विजय पोखरेल, संस्थाका सचिव पशुपति त्रिपाठीले संस्थाले गरेका कृयाकलापहरुको चर्चा गरेका थिए ।

सहकारीका कोषाध्यक्ष पूर्णकुमार प्रजापतिले आर्थिक प्रदिवेदन पेश गरेका थिए भने लेखासमिति संयोजक भूपेन्द्रबहादुर अधिकारीले संस्थाको लेखासम्बन्धी प्रतिवेदन पेश गरेका थिए । साधारणसभामा संस्थाका झण्डै ६ सयको सङ्ख्यामा सदस्यहरु उपस्थित रहेका थिए ।