बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या


कैलालीको चुरे गाउँपालिका-६ढुङ्गेनी गाउँका डम्मरबहादुर चुनाराले ४७ वर्षीया श्रीमती हीरादेवी चुनाराको बञ्चरो प्रहार गरी हत्या गरेका छन् । निजले आफ्नी श्रीमतीको टाउकोमा बञ्चरो प्रहार गर्दा हीरादेवीको घटनास्थलमा नै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

डम्बरबहादुरलाई इलाका प्रहरी कार्यालय फल्टुडेले पक्राउ गरेको छ ।

गएराति नै धनगढी क्षेत्रबाट बझाङ केदारस्यू गाउँपालिका-२ का २० वर्षीय पारस रावल र धनगढी उपमहानगरपालिका-१४ का १९वर्षीय आकाश मगरलाई लागु औषध खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।