हेटौँडा-काठमाडौं जाँदा वैकल्पिक सडक प्रयोग गर्न आग्रह

हेटौँडा-काठमाडौं जाँदा वैकल्पिक सडक प्रयोग गर्न आग्रह


हेटौँडा कुलेखानी फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका-२ र ३ स्थित हेभीमा सडक बिग्रेकाले वैकल्पि बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालले हेटौँडाबाट काठमाडौं जाँदा त्रिभुवनराजपथ तथा कान्तिलोकपथबाट यात्रा गर्न आग्रह गरिएको बताए ।

कुलेखानी सिमखोला नजिक हेभीको उकालोमा साना गाडीहरु चढ्न नसक्नेगरी सडक बिग्रेकाले स्थानीय प्रहरीले सवारीसाधनलाई भैँसेबाट त्रिभुवनराजपथको पालुङ हुँदै काठमाडौंतर्फ पठाइरहेको उनको भनाइ छ ।