अस्ट्रेलिया महिला टी-२० विश्वकपको सेमिफाइनलमा

अस्ट्रेलिया महिला टी-२० विश्वकपको सेमिफाइनलमा


आइसीसी महिला टी-२० विश्वकप अन्तर्गत अस्ट्रेलियाले भारतलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई ९ रनले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको १५२ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ९ विकेट गुमाउदै १४२ रन बनाएको थियो । त्यस्तै पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाउदै १५१ रन बनाएको थियो ।

यो जितसँगै अस्ट्रेलिया समुह ए मा लागातार चार जितसहित शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ भने यो हारपछि भारतको सेमिफाइनल यात्रा संकटमा परेको छ ।

भारतले ४ खेलमा २ हार र दुई जित हासिल गरेको छ । अब समुह ए बाट सेमिफाइनलमा पुग्ने अर्को देशको टुंगो आज (१४ अक्टोबर) हुने न्यूजील्याण्ड र पाकिस्तानबीचको खेलपछि लाग्नेछ । यो खेल न्यूजील्याण्डले जितेमा सेमिफाइनलमा पुग्नेछ भने भने पाकिस्तानले जितेमा भारतको सम्भावना रहने देखिन्छ ।