नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोटमा करिब सय जनाको मृत्यु

नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोटमा करिब सय जनाको मृत्यु


उत्तरी नाइजेरियामा एउटा इन्धन ट्याङ्कर विस्फोट हुँदा करिब एक सय जनाको मृत्यु र ५० जना घाइते भएका छन् । त्यहाँका प्रहरी प्रवक्ता लवान शिसु आदमका अनुसार मङ्गलबार राति उत्तरी जिगावा राज्यमा ट्याङ्कर दुर्घटनामा परेपछि सडकमा पोखिएको इन्धन सङ्कलन गर्ने क्रममा धेरै पीडितको मृत्यु भएको हो।

माजिया शहरमा एउटा ट्रकसँग ठोक्किनबाट बच्न खोज्दा ट्याङ्कर पल्टिएको जानकारी दिँदै उनले भनेका छन्, ‘हामीले अहिलेसम्म ९४ जनाको मृत्यु र लगभग ५० जना घाइते भएको पुष्टि गरेका छौँ, मृतकको सङ्ख्या बढ्न सक्छ ।’

दुर्घटनापछि स्थानीय बासिन्दाहरू सवारी साधनको वरिपरि भेला भएर सडक र नालीमा पोखिएको इन्धन सङ्कलन गरिरहेका थिए ।

इन्धन ट्याङ्कर विस्फोटहरू अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको नाइजेरियामा सामान्य हुन् । यहाँ सडकहरू राम्रोसँग मर्मतसम्भार नगरिएको हुन सक्छ र बासिन्दाहरूले प्रायः दुर्घटनापछि इन्धन चोरी गर्ने प्रयास गर्छन् । नाइजेरियाले आफ्नो पुस्ताकै सबैभन्दा खराब आर्थिक सङ्कट भोगिरहेको बेला इन्धन अझै बहुमूल्य वस्तु बनेको छ ।

गत वर्ष राष्ट्रपति बोला अहमद टिनुबुले अनुदान हटाएपछि पेट्रोलको मूल्य पाँच गुणा बढेको छ, र प्रायः अभाव हुने गर्छ । गत साता सरकारी तेल कम्पनीले एक महिनाभन्दा कम समयमा दोस्रो पटक मूल्य वृद्धि गरेपछि निराशा अझै बढेको छ ।