सुनको मूल्य तोलाको एक लाख ६२ हजार ४ सय

सुनको मूल्य तोलाको एक लाख ६२ हजार ४ सय


सुनको मुल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (१ कात्तिक) सुनमा तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको हो ।

स्थानीय बजारमा तोलाको एक लाख ६२ हजार ४ सयले कारोबार भएको महासंघको भनाइ छ । यसअघि बुधबार सुन तोलाको एक लाख ६१ हजार ८०० मा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको बताइएको छ ।