‘नेतृत्वमा नपुगी केही गर्न नसकिने रहेछ’ : डा. शेखर कोइराला

‘नेतृत्वमा नपुगी केही गर्न नसकिने रहेछ’ : डा. शेखर कोइराला


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशनमा आफू सभापति पदमा उठ्ने कुरामा कुनै ‘कन्फ्युजन’मा नपर्न नेता एवं कार्यकर्तालाई आग्रह गरेका छन् ।

विराटनगरस्थित कोइराला निवासमा मधेस प्रदेशका नेताहरूसँग भएको भेटघाटमा नेता कोइरालाले भने, ‘अब जित्नकै लागि सभापतिमा उठ्ने हो र पार्टीमा गुमेको साख फर्काउने हो, त्यसको लागि तपाईंहरू आ-आफ्नो कार्यक्षेत्रमा खटिनुहोस् ।’

जतिसुकै कोशिस गरेपनि पार्टी सङ्गठन सुदृढीकरण र कार्यकर्ताहरूलाई न्याय गर्ने कुरामा आफूले भनेजति काम गर्न नसकेको स्वीकार गर्दै नेता कोइरालाले नेतृत्वमा नपुगी केही गर्न नसकिने रहेछ भन्ने निष्कर्षमा आफू पुगेको स्पष्ट पारे ।

विसं २०८२ मङ्सिर भित्रै पार्टीको महाअधिवेशन हुनुपर्नेमा जोड दिँदै नेता कोइरालाले समयमै महाधिवेशन हुन नसके सिङ्गो कांग्रेस पार्टी नै धरासयी बन्ने भएकाले समयमै महाधिवेशन गराउने कुरामा लाग्न जिल्ला-जिल्लाका नेताहरूलाई निर्देशन दिए ।

photo: rss