अमेरिका गएका वडाध्यक्ष स्वदेश नफर्किएपछि…

अमेरिका गएका वडाध्यक्ष स्वदेश नफर्किएपछि…


खोटाङको साकेला गाउँपालिका-४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौ महिनासम्म पनि कार्यालयमा उपस्थित नभएपछि स्थानीय वासिन्दाले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । माओवादी पार्टीबाट निर्वाचित भएका वडाध्यक्ष कटवाल अमेरिका गएका थिए, तर हालसम्म उनी फर्किएका छैनन् ।

वडाध्यक्ष कटवाल नफर्केपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले तत्काल समस्या समाधान गर्न माग गर्दै तालाबन्दी गरेको हो ।

गत साउन २१ गते पूर्ववडाध्यक्ष भट्टराईको संयोजकत्वमा गठन भएको समितिले वडाध्यक्ष कटवाललाई १५ दिनभित्र उपस्थित हुन अल्टिमेटम दिएको थियो । उनी नफर्केपछि बाध्य भएर तालाबन्दी गरिएको पूर्ववडाध्यक्ष भट्टराईले जानकारी दिए । यस सम्बन्धमा जिल्ला निर्वाचन आयोगको कार्यालय, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिलाई जानकारी गराइएको उनको भनाइ छ ।

photo: rss