अरुण भ्याली हाइड्रोपावरको सत्ताइसौं बार्षिक साधारणसभा कात्तिक १४ गते सम्पन्न भएको छ ।
होटल क्रिस्टल पशुपति गौशाला (काठमाडौं)मा सम्पन्न साधारणसभाले गत वर्षको मुनाफाबाट सेयरधनीलाई करसहित ३ प्रतिशत बोनस सेयर र ०.१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसैगरी, लिखु खोला जलविद्युत आयोजनाको निर्माणको लागि बैंक तथा वित्तीय संस्थाहरुसँग गरिएको ऋण सम्झौतामा कर्पोरेट ग्यारेन्टी दिने, नियमावली तथा प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव सभाले पारित गरेको छ ।
प्रतिक्रिया