युक्रेनमा रुसको ‘विजय’ नभएसम्म रूसको साथमा रहने उत्तर कोरियाको घोषणा

युक्रेनमा रुसको ‘विजय’ नभएसम्म रूसको साथमा रहने उत्तर कोरियाको घोषणा


युक्रेनमा रूसको विजय नभएसम्म उत्तर कोरिया रुसको साथमा रहने विदेश मन्त्री चो सोन हुईले शुक्रबार मस्कोमा घोषणा गरेकी छन् । यसअघि नै अमेरिकाले आगामी दिनमा युक्रेन द्वन्द्वमा हजारौं उत्तर कोरियाली सेना सहभागी हुन सक्ने चेतावनी दिएको छ ।

अमेरिका र दक्षिण कोरिया ले दश हजार उत्तर कोरियाली सैनिकहरू रूसमा प्रशिक्षण लिइरहेको उनीहरु र रूसको पक्षमा लडाइँमा सहभागी हुने बताउँदै आएका छन् ।

वासिङ्टन र सियोलले उत्तर कोरियालाई आफ्नो सेना फिर्ता लिन चेतावनी दिएका छन् भने केही सेना कुर्स्क सीमा क्षेत्रमा पुगेको अमेरिकी गुप्तचरले जनाएको छ ।

विजयसम्म हरदम रुसी सेनासँग दृढतापूर्वक उभिने उत्तर कोरियाली विदेश मन्त्री चो सोन हुईले रूसी समकक्षी सर्गेइ लाभ्रोभसँगको वार्तापछि मस्कोमा घोषणा गरेकी हुन् । उनले उत्तर कोरियालाई राष्ट्रपति भ्लादिमिर पुटिनको ‘बुद्धिमानी नेतृत्व’मा कुनै शङ्का नभएको र प्योङयाङसँग आपसी सहयोग सम्झौतामा हस्ताक्षर गरेको बताउँदै सम्बन्ध सक्षम बनाएको उल्लेख गरेकी छन् ।

उत्तर कोरियाले आणविक हतियारको विकास जारी राख्ने वाचा गरेको छ भने प्योङयाङले सैन्य सहयोगको बदलामा रूसबाट आणविक प्रविधि चाहेको आशङ्का गरिएको छ ।

सन् २०२२ फेब्रुअरीमा सुरु भएको रूस युक्रेन आक्रमणले पश्चिमसँगको सम्बन्ध तोडेको छ भने उत्तर कोरिया र इरान रूसको समर्थकका रूपमा देखापरेका छन् । लाभ्रोभले पुटिनको जुलाईको प्योङयाङ भ्रमणले सम्बन्धको ‘नयाँ चरण’ सुरु गरेको बताएका छन् ।